काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज मात्र सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत ७ करोड ५० लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत ५ करोड ४५ लाख नाफा कमाएको थियो ।
कम्पनीले पहिलो त्रैमाससम्ममा कुल २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल २ अर्ब ४० करोड आर्जन गरेको थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ ।
प्रतिक्रिया