भोलिबाट लागू हुने गरी गरिमा विकास बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, कुनमा कति ?

४ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.५५ प्रतिशतदेखि अधिकतम ९.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.४५ प्रतिशत देखि अधिकतम १२.५५ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले रेमिट्यान्स बचत खाता र मुद्दती खातामा क्रमश ९.५५ र १२.५५ प्रतिशत ब्याज दिने छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.७६ प्रतिशत रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया