नेष्डो समृद्ध लघुवित्त शेयरमूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२ हजार २६२.७० पुगेको छ ।

 मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ५३ हजार ६५८ कित्ता शेयर खरीद माग र विक्री माग शून्य रहेको छ । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया