कृति भेन्चर फण्डले बोलायो संयुक्त वार्षिक साधारण सभा, एजेन्डा के-के ?

३ बर्ष अगाडि

काठमाडौं - कृति भेन्चर फण्ड लिमिटेडको तेस्रो, चौथो र पाँचौं वार्षिक साधारण सभा वैशाख २१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड, कार्यालय जे।डी।ए कम्प्लेक्स, सुन्धारा,  काठमाडौंमा दिउँसो ४ बजे शुरु हुने भएको छ । 

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको विशेष प्रस्तावमा कम्पनीको कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ । 

साथै, सभाको अन्य प्रस्तावमा आव २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया