काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलले २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको जानकारी दिएको छ । शेयरको मूल्य प्रतिकित्ता १६० मा बिक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया