दुई कम्पनीको साधारण सभा आज, के-के छ एजेन्डा ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदै छ । प्रभु इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको एजीएम आज हुन भएको हो । 

प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले आफ्नो २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । 

जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद लाभांश छन् । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत चैत १७ गतेदेखि वार्षिक साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यसको अर्थ गत चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् । 

साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङले आफ्नो ५५ औँ वार्षिक साधारण सभा आज बिहान ११ बजेबाट डोकेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले गत चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यसको मतलब गत चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया