काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज चैत ३० गते अन्तिम दिन रहेको छ ।
गत चैत १६ गतेबाट बैंकले ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरेको छ ।
कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार अब यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।
दसवर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।
प्रतिक्रिया