काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०५ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले रेमिट्यान्स बचत खाता र मुद्दती खातामा क्रमश ८.०५ र १२.०३ प्रतिशत ब्याज दिने छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.१४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया