'खल्ती'बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई  १० प्रतिशत भ्याट फिर्ता

३ बर्ष अगाडि

काठमाडौं - वर्ल्डलिंकका ग्राहकहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउने भएका छन् ।

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको खल्तीले  आन्तरिक राजस्व विभाग (आइआरडी) र वर्ल्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ । 

वर्ल्डलिंक र खल्ती दुवै मिलेर नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् । 

१० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५  प्रतिशत क्यासब्याक र एक सय रुपैयाँ क्यास्ब्याक, अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ। 

अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ वर्ल्डलिंकका प्रयोगकर्ताहरूलाई प्रत्येक्ष फाइदा पुर्याउनेछ ।  उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउने छन् । 

यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनुपर्ने छ । साथै, वर्ल्डलिंक जडान पनि  उपभोक्ता वर्गको हुनुपर्ने बताइएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया