लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक पारित गर्न युनियन लाइफले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा बैशाख २३ गते टाइगर प्याले रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

कम्पनीले सभामा सञ्चालक समितिको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै आ.व. २०७६/७७ को लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा र नोक्सान हिसाब एवं नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने छ । 

लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरि पारित गरिने कम्पनीले जनाएको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले २०७९ बैशाख १३ गते बुक क्लोज गर्नेछ । यसअनुसार २०७९ बैशाख १२ गतेसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया