नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२८ पुग्यो, सबैभन्दा धेरै कुन ?

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२८ पुगेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

२०७७ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेकोमा ११ वटा बढेको हो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया