बैंक तथा वित्तीय संस्थाहरूले बढाएनन् ब्याजदर, चैतकै निरन्तरता

४ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरूले वैशाख महिनाका लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । 

वैशाखमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएका छैनन् । चैत महिनाकै ब्याजदरलाई वैशाखमा निरन्तरता दिइएको छ । 

गत आइतबार वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैकर्स एसोसिएसन (एनबीए) को पूर्ण बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको थियो । 

यो निर्णयसँगै वाणिज्य बैंकहरूको वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम गरेका छन् । 

यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूले वैशाखमा ब्याजदर स्थिर राखेका छन् । राष्ट्रियस्तरका विकास बैंकहरूले वैशाखमा पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

त्यस्तै फाइनान्सहरुले चैतमा कायम गरिएको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा अधिकतम १०.७१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया