८ महिनामा १ खर्ब ४३ अर्ब ५८ करोडको धितोपत्र नेप्सेमा सूचीकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ४३ अर्ब ५८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । 
 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार फागुन मसान्तसम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर सूचीकृत भएको छ । 

यस्तै ३७ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनस सेयर, २९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । 

यस्तै १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएका छन् । 

यी धितोपत्रको कुल अंकितमूल्य १ खर्ब ४३ अर्ब ५८ करोड बराबरको रहेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया