बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्यान्डमार्क होटेलमा छुट, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड र ल्यान्डमार्क होटेलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई स्पेसल प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल पोखरा र चितवनमा उपलब्ध हुने स्पेसल प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको होे । उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

ल्यान्डमार्क होटेलले काठमाण्डौ, पोखरा र चितवनबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया