८ महिनामा १३ अर्ब ७५ करोडको सार्वजनिक निष्कासनको अनुमति, आईपीओ कतिको ?

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १३ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार फागुन मसान्तसम्ममा बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर निष्कासनको अनुमति दिएको छ । 

यस्तै ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि अनुमति दिएको छ । 

सार्वजनिक निष्कासनका लागि अनुमति पाएका धितोपत्रको कुल रकम १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया