गौतम अडानी विश्व धनाढ्यको सूचीको छैटौँ स्थानमा, कमाइका आधारमा एलन मस्क र जेफ बेजोसलाई उछिने

३ बर्ष अगाडि

एजेन्सी - भारतीय धनाढ्य गौतम अडानी विश्व धनाढ्यको सूचीमा छलाङ मार्दै छैटौँ स्थानमा उक्लिएका छन् । 

अडानी समूहको कम्पनीको सेयरमा आएको तीव्र उछालका कारण गौतम अडानीको सम्पत्तिमा वृद्धि भएको हो । अडानी विश्व धनाढ्यको सूचीमा छैटौँ स्थानमा उक्लिँदा मुकेश अम्बानी भने १० स्थानबाट तल झर्दै ११ औँ स्थानमा पुगेका छन् । 

बिलिनियर इन्डेक्सका अनुसार सन् २०२२ गौतम अडानीका लागि एकदमै सफल साबित भइरहेको छ। कमाइका आधारमा अडानीले एलन मस्क र जेफ बेजोसलाई समेत उछिनेका छन् । 

अडानी समूहको सेयरमा सोमबार आएको उछालले गौतम अडानीको नेटवर्थमा ८।५७ अर्ब डलर वृद्धि भएको छ। सोमबार अडानी टोटल ग्यासको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतको उछाल आएको थियो । 

रिपोर्टका अनुसार गौतम अडानीको कुल सम्पत्ति ११८ अर्ब डलर पुगेको । अघिल्लो दिनसम्म अडानी विश्व धनाढ्यको सूचीमा आठौँ स्थानमा थिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया