सिद्धार्थ इन्स्योरेन्सले आज १६ करोड ८० लाख बोनस शेयर पारित गर्ने

४ बर्ष अगाडि

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आज २०औं वार्षिक साधारण सभा गर्दै छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा बिहान १०ः३० बजेबाट सुरु हुने छ ।  

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

त्यस्तै प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्नेछ । नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्नेछ ।

प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव साधारण सभामा स्वीकृतिका लागि पेश गर्नेछ । यस प्रस्ताव पास भएसँगै कम्पनीले म्युचुअल फण्ड निष्काशन गर्न सक्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत १६ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणस भामा भाग लिन पाउने छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया