काठमाडौं - नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि ९बैशाख १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ८.०३ र १२.०३ प्रतिशत ब्याज दिने छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया