२६ जनामा कोरोना पुष्टि हुँदा ३७ जना डिस्चार्ज, सक्रिय संक्रमित ५५४

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ । मन्त्रालयका अनुसार सो अवधिमा ३७ जना डिस्चार्ज भएका छन् । 
 
यससँगै सक्रिय संक्रमितको संख्या ५५४ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया