काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार सिभिल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेका अनुसार बैंकको ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि पौष ७ गतेसम्म १० वर्ष अवधिको १०।२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया