दोहोरो अंकले घट्योे नेप्से, एक अर्ब ५२ करोड ४३ लाख बढिको कारोबार

४ बर्ष अगाडि

काठमाडौं - आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । मंगलबार बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ । नेप्से १.४४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५२ अंकले घटेर ४४९.३६ विन्दुमा झरेको छ । 

कूल २३७ वटा कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया