दृष्टि सम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबिच समझदारी पत्रमा हस्ताक्ष

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमाकार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बिचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । 

उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्षप्रो.डा.चेतराज पन्तले हस्ताक्षर गरेका छन् । 

यसै क्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व (CSR) कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखा सम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने छ ।

सानिमा बैंक लिमिटेडले विगतमा पनिदृष्टि सम्बन्धी समस्याको रोकथाम रन्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोक थाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया