२ लाख २७ हजार ९०० ले लिए श्रम स्वीकृति

३ बर्ष अगाडि

काठमाडौं -  चालु आर्थिक वर्षको ८ महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएकोे छ । 

केन्द्रिय बैंकले प्रकाशित गरेका फागुनसम्मको मासिक विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिना सम्ममा २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२।९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०।९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०।२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २।० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७।२ प्रतिशतले बढेको थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया