काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनासम्ममा करिब साढे ६ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ ।
केन्द्रिय बैंकले प्रकाशित गरेका फागुनसम्मको मासिक विवरण अनुसार ८ महिनामा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८।७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।
बिदेशबाट हुन्डीमार्फत पैसा पठाउने बढेको कारण रेमिट्यान्स बढ्न नसकेको सरकारले बताउदै आएको छ । सरकारले औपचारी माध्यमबाट रेमिट्न्स पठाउनेलाई प्रोत्सहान गर्दै आईपीओ तथा एफपीओमा कोटा छुट्टाउने तयारी समेत गर्दैछ ।
प्रतिक्रिया