काठमाडौं - आज नेप्सेमा २ कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा सुर्योदय लघुवित्त वित्तीय संस्था र इन्फीनिटी लघुवित्तको १३ लाख ९५ हजार १ सय ८३.९७७३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
सुर्योदय लघुवित्त
सुर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५.८५ कित्ता बोनश शेयर नेप्सेमा सुचिकृत भएको छ । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्रि गर्न सक्ने छन् ।
इन्फीनिटी लघुवित्त
इन्फीनिटी लघुवित्तको २७.७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८.१२७३ कित्ता बोनश शेयर नेप्सेमा सुचिकृत भएको छ । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्रि गर्न सक्ने छन् ।
प्रतिक्रिया