एनएमबि बैंकद्वारा ५२ हजार थान चुल्हो वितरण

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाडौँको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रूपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दी, बाग्लुङ, अर्घाखांची, गुल्मी र स्याङ्जाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरू वितरण गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया