टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न

३ बर्ष अगाडि

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए । 

साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेकि  थिइन् । उनी महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएकी छिन् । 

२०१३ मा क्यान्सरको सफल उपचारपछि उनी आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिन लागि परेकी छिन्  । 

टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई कम्युनिकेटर अवार्ड प्रदानगर्दै आएको छ । प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकि संस्थापक सुश्री सृष्टि के.सि.लाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ । 

१६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गर्न सफल भएकि थिइन् । उनको संघर्षमा आधारित बायोपिक ब्लाइन्ड रक्स सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।

उनले भनिन्, “यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टरहुने पनि निर्णय गरेको छु ।”

उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका क्लबहरू समावेश रहेको डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर रञ्जित आचार्यले भने, “यो एक ऐतिहासिक कार्यक्रम रहन गयो र उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका टोस्टमास्टरहरु एकै ठाउँँमा भेला हुने र आफ्नो पर्सनल नेटवर्क विस्तार गर्ने महत्वपूर्ण अवसर पनि थियो । यसले निश्चय नै सबै टोस्टमास्टरहरूलाई एकअर्काको अझ नजिक ल्याउन मद्दत गरेको छ। नेपाल टोस्टमास्टर्सको लागि यो गौरवको विषय हो ।टोस्टमास्टर्स इन्टरनेशनलकै सबैभन्दा ठूलो डिस्ट्रिक्टको नेतृत्व गर्न पाउँदा म गौरवान्वित महसुश गर्दछु ।”

डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर सुमन शाक्यले भने, “साइटेशन २०२२ टोस्टमास्टरहरूको लागि सबैभन्दा ठूलो भेला थियो र यो नेटवर्किङको लागि पनि सुनौलो अवसर थियो । हरेक दिन नयाँँ क्लबहरु खुल्दै छन् र हाल नेपालमा ५६ वटा टोस्टमास्टर क्लबहरु रहेका छन् । यो सँग–सँगै हाम्रा सदस्यहरू पनि निरन्तर बढ्दै गइरहेका छन् । यसैलाई ध्यानमा राखेर हामीले अहिले नेपाली भाषामा क्लब पनि खोलेका छौं ।”

डिस्ट्रिक्ट ४१ का डिस्टिङ्गुइस्ड टोस्टमास्टर डिस्ट्रिक्ट प्रोग्राम क्वालिटी डाइरेक्टर अंकुर यादवले भने, “साइटेसन २०२२ मा सहभागि हुन पाउँदा म एकदमै खुशी छु । यो डिस्ट्रिक्ट ४१ कै सम्पूर्ण सदस्यहरुका लागि महत्वपूर्ण अवसर थियो । नेपाली टोस्टमास्टरहरुको एकता देखेर पनि म एकदमै प्रभावित भएको छु ।”


 

३ बर्ष अगाडि

प्रतिक्रिया