कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

४ बर्ष अगाडि

कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रिय पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । 

चैत्र २८ गते काठमाडौं स्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको हो । 

बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश  भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने महान कार्यको लागि छुट्टउने घोषणा गरे । 

यसैगरी बैंकले नेपालको गीत संगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेल सँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया