काठमाडौं – इटालियन कम्पनी सिएमसीले अलपत्र पारेको राष्ट्रिय गौवरको आयोजनामा ढिलाई हुँदा त्यसबाट सबैभन्दा बढी मार काठमाडौँबासीलाई हुने भएको छ । विगत करिब ३० वर्षदेखि सो आयोजनाको पानी काठमडाौँमा आउँला र त्यसलाई प्रयोग गरुला भनेर प्रतिक्षामा रहेका नागरिकलाई सो आयोजनामा ढिलाई हुँदा सबैभन्दा बढी समस्या त परेकै छ , त्यो भन्दा बढी समसया सरकार र राष्ट्रलाई पर्ने भएको छ ।
सरकारले सिएमसीलाई १४ दिन भित्र आयोजनामा फर्कने कि नफर्कने भनेर दिएको समय सकिन अब एकाध दिन मात्रै बाँकी रहेको बेला आयोजनाको आगामी बाटो के हुने भन्ने बारेमा पनि विभिन्न अन्यौल देखिएको छ । आयोजनामा यसअघि पनि चिनियाँ कम्पनीसँग ठेक्मा तोडेर इलाटीको कम्पनलिाई जिम्मा दिइएको हो । इटालीको कम्पन िआर्थिक रुपमा टाट पल्टेको भन्दै काम गर्न सक्ने अवस्था नभएपछि उसले हात झिक्न खोजेको अनुमान र आशंकाहरु पनि सतहमा आएका छन् ।
उसले सधै शर्तमाथि शर्त राख्ने र काम नगर्ने प्रवृत्ति देखिएको सरकारी धारणा छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अब कुने न कुनै उपयुक्त विकल्प चयन गरेर छिटो भन्दा छिटो आयोजना सम्पन्न गर्ने विषयमा आयोजना अगाडि बढ्छ ।
पछिल्लो पटक आयोजनाको जिम्मा नेपाली सेनालाई दिने विषयमा पनि विभिन्न प्रकारका समाचारहरु सतहमा आएका छन् । आयोजनाका प्रमुख सूर्य कडेलले विभिन्न विकल्पमा छलफल भइरहेको बताउँदै आएका छन् । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले उपयुक्त विकल्पका बारेमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने बताएका छन् ।
तर हरेक आयोजनामा समस्या देखिने र त्यसपछि सेनालाइृ नै जिम्मा दिँदै जाने हो भने नागरिक सरकार कहाँ भेटिएला भन्ने कोणबाट पनि चर्चा सुरु भएको छ । आयोजनामा हालसम्म करिब रु २७ अर्ब ७६ करोड बराबरको लगानी भइसकेको छ ।
मेलम्ची आयोजनाको काम लम्बिदै जाँदा आयोजनाको लागत समेत बढ्नजाने देखिएको छ । सिएमसीले आयोजना छाडेको अवस्थामा सो आयोजनाको लागत नयाँ प्रक्रियाबाट सुरु गर्दा थप रु तीन अर्बदेखि ४ अर्बसम्म बढ्ने अनुमान गरिएको छ । एक अर्ब भन्दा बढीको काममा शिलबन्दी बोलपत्र, अन्तर्राष्ट्रिय टेन्डर आदि गर्नुपर्ने भएकाले त्यसका लागि समेत समय लाग्न जान्छ । समय र लागत बढ्दा आयोजना झनै महंगो बनेर जाने सरकारी अधिकारीले अनौपचारिक रुपमा छलफल गरेको बताएका छन् । तर औपचारिक रुपमा लागत कति बढ्छ भन्ने बारेमा उनीहरुले केही बताएका छैनन् ।
समय बढ्दा लागत बढ्ने विषय स्वभाविक भएकाले पनि त्यसलाई समेत कूल लागतमा जोडिनु पर्दछ । जसका कारण पनि समस्या थपिने छ । त्यसो त आयोजनाको प्रमुख लगानीकर्ता एशियाली विकास बैंकले पनि लगानी बढ्ने बताउँदै आएको छ । सरकार र प्रमुख लगानीकर्ताबीच आयोजनाको आगामी भविस्यका बारेमा पटक पटक सम्वाद समेत भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पाइप जडान गर्ने कार्य २०७२ फागुनमा नै सम्पन्न गर्ने भनिएपनि राजधानीमा अझै ५० किलोमिटर भन्दा बढी क्षेत्रमा मुख्य र सहायक पाइप लाइन नै विच्छ्याउन बाँकी रहेको छ । यस्तै सहायक तथा घर घरमा लैजाने पाइप समेत जडानका लागि खन्न बाँकी रहेको छ । तर निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले पाइप जडानको काम समेत प्रभावकारी रुपमा गर्न सकेको छैन । आयोजनाको व्यवस्थापन गर्ने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना आयोजना कार्यान्वयन निर्देशनालयले पनि त्यसलाई ध्यान दिएको छैन ।
एकातिर आयोजनाको काममा ढिलाई हुँदै जाने, अर्को तिर काठमाडौँ उपत्यकामा पनि ठेकेदारले समयमा काम नगर्ने प्रवृत्ति बढ्दै जाँदा मेलम्चीको पानी राजधानीबासीलाई हात्ती आयो हात्ती आयो फुस्सा भन्दा केही नहुने देखिएको छ ।
प्रतिक्रिया