सार्वजनिक विदाका कारण उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो ।

त्यस अनुसार लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया