विन्धावासिनी हाइड्रोपावर र दोर्दी जलविद्युतले बोर्डबाट पायो आईपीओ निष्कासनकोे अनुमति, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले विन्धावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

विन्धावासिनी हाइड्रोपावर
विन्धावासिनी हाइड्रोपावर कम्पनीलाई २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डले  अनुमति दिएको छ । 

कम्पनीले उक्त शेयर आयोजना प्रभावित क्षेत्रमा स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

दोर्दी जलविद्युत 
दोर्दी जलविद्युत कम्पनीले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया