सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय कमलादीबाट टंगालमा स्थानान्तरण

४ बर्ष अगाडि

काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण भएको छ ।

साविकको प्रधान कार्यालय काठमाडौं महानगरपालिका १, कमलादीबाट काठमाडौं महानगरपालिका ५, टंगालमा स्थानान्तरण भएको हो ।

कम्पनीले बीमा व्यवसायमा भएको वृद्धिको कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिलाई उत्पन्न भएर कारोबार सञ्चालन गर्न असहज भएपछि प्रधान कार्यालय स्थानान्तरण गर्नुपरेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया