काठमडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओको शुक्रबार नै प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ ।
क्यापिटलले प्रि अलटमेन्ट सम्पन्न गरेर शुक्रबार बाँडफाँडको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बाँडफाँडका लागि बोर्डबाट स्वीकृति प्राप्त भइसकेकाले आज बिहान ९ बजे आईपीओ बाँडफाँडको समय निर्धारण गरिएको क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले चैत्र १६ गते बुधबारबाट सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल जारी सेयरमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ९१ हजार ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४१६ बटा आवेदन मार्फत २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन परेको छ । जुन सर्वसाधारणबाट माग गरिएको सेयरको १५.७६ गुणा बढी हो ।
प्रतिक्रिया