सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने, पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको बताएका छन ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको जानकारी दिएका हुन ।

‘अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गएको छ’ उनले भने ‘महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गएको छ।’

सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया