काठमाडौं - आज सातामा कारोबार भएको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ ।
नेप्से १.८१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३८ अंकले घटेर ४५४.३७ विन्दुमा पुगेको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ५२ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज कूल २३३ वटा कम्पनीको ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया