अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

३ बर्ष अगाडि

काठमाडौं - पोखरा सराङ्कोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागत संगै २०७८ साललाई विदाई गर्न यही  चैत्र २९ र ३० गते र बैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न मनोरन्जनात्मक क्रार्यक्रमको आयोजना गर्ने भएको छ । 

जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुती रहने छ । काठमाडौंमा रहेको जोशी क्याफेको दुई वटा आउटलेट मार्फत प्रवाह गरिरहेको सेवासुबिधाबाट उपभोक्ताहरु माझ उत्कृष्ठ छाप पार्न सफल उक्त क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो पटक शाखा विस्तार गरेको हो । 

मुलुककै पर्यटकिय नगरी पोखरामा सेवा सुरुवातको पूर्व सन्ध्यामा पोखरेलीवासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको भरपूर आनन्द एवं सन्तुष्टि लिई नयाँ वर्ष २०७९ को स्वागत एवं २०७८ को विदाई गर्न क्याफेले अनुरोध गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया