बैंक अफ काठमाण्डूका ग्राहकलाई दराज र सस्तोडिलमा छुट, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ । 

नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक ग्राहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन्  । 

बैंकको कार्डबाहक ग्राहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेकोमा १५ प्रतिशत वा अधिकतम रु. १५०० र डेबिट कार्ड प्रयोग गरेकोमा १० प्रतिशत वा अधिकतम रु. १००० सम्म छुट पाउने छन्  ।

साथै, कार्डबाहक ग्राहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम रु.२,००० सम्मको छुट पाउनेछन् । 

यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहक ग्राहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशत सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् । 
  
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया