काठमाडौं - साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।
उक्त अवधिमा कारोबारमा आएका २२४ ओटा कम्पनीमध्ये उक्त कम्पनीको ६ करोड ७ लाख बराबरको शेयर खरिदबिक्री भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९५० मा कारोबार भइरहेको छ । कम्पनीको शेयरमूल्य डेढ वर्ष यताकै न्यूनतम विन्दुमा आएकाले पनि सर्वाधिक शेयर खरिदबिक्री भएको हो ।
प्रतिक्रिया