बजार खुलेको केही समयमै नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन आज सोमबार बजार खुलेको केही समयको अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८७० पुगेको हो । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १ लाख ५२ हजार ३५५२ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया