काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा आगामी चैत ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
साथै सोही बैठकले उक्त पदमा आगामी वैशाख १ गतेदेखि लागू हुने गरी संजिव थापालाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया