१५ दिनभित्र हकप्रद सेयरबापतको रकम जम्मा गर्न नेपाल फाइनान्सका सेयरधनीलाई आग्रह

४ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्सले कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सञ्चालक तथा आधारभूत सेयरधनीलाई आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो । 

सञ्चालक तथा आधारभूत सेयरधनीहरुले उक्त रकम हकप्रद सेयर निष्कासनपूर्व नै जम्मा गर्नुपर्ने भएकोले कम्पनीले सूचना जारी गरी यस्तो आग्रह गरेको हो । 

कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रकम जम्मा गर्न पनि आग्रह गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया