गभर्नर अधिकारीमाथि गरिएको कारबाही अविलम्ब फिर्ता लिन माग

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न कर्मचारी संघसंगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गभर्नर अधिकारीलाई आधारहीन एवं कोपकल्पित आरोप लगाउँदै निलम्बनप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

यो संकटपूर्ण घडीमा राज्यका सबै तह र तप्काका निकाय, संस्था र आम जनसमुदायको विश्वास र सहकार्य जुटाउँदै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुन परिपालना गर्नुभन्दा आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोध र सीमित स्वार्थका खातिर एउटा स्वायत्त एवं संवेदनशील निकायको जिम्मेवार पदाधिकारीमाथि देशको समग्र वित्तीय प्रणाली र अर्थतन्त्रमाथि दीर्घकालीन नकारात्मक असर पर्ने गरी सुरु गरिएको कारबाही हरतरहले निन्दनीय रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया