रिलायबल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख  मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बीमा  रकम भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक म्यादी जीवन बीमा बापतको ११ लाख ५० रुपैयाँ भुक्तानी गरेको हो ।

कपिलबस्तु नगरपालिका कपिलबस्तु घर भएका २८ वर्षिक बीमित मनोज उपाध्यायले वैदेशिक म्यादी जीवन बीमा गरेका थिए । 

उनको पुस ९ गते को बाइक दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीले मृतककी श्रीमति प्रिति कुमारी दुलाललाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया