काठमाडौं - निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६औं वार्षिक साधारण सभा आजबाट काठमाडौंमा शुरु हुंदैछ । वार्षिक साधारण सभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुने छ ।
वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले आज विहान ११ः३० बजे होटल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच गर्ने कार्यक्रम रहेको छ ।
साधारण सभाको समुद्घाटन समारोहमा माननीय सांसदहरु, माननीय मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थवीद, उद्यमी व्यवसायी लगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने छ ।
निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भागलिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् ।
वार्षिक साधारण सभामा महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।
प्रतिक्रिया