काठमाडौं - काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढाएको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो ।
प्रदेशले सार्वजनिक गरेको भाडादरमा अब उपत्यकामा बैशाख १ गतेदेखी ५ किलोमिटरसम्मको २० रुपैयाँ, १० किलोमिटरसम्ममा २५ रुपैयाँ, १५ किलोमिटरसम्ममा ३० रुपैयाँ, २० किलोमिटरसम्ममा ३३ रुपैयाँ र २० भन्दा माथि ३८ रुपैयाँ लिन पाउनेछन् ।
त्यस्तै बाग्मती ट्याक्सीमा प्रति २०० मिटरको भाडादर ९.८० रुपैयाँबाट १० रुपैयाँ कायम गरिएको छ । प्रतिक्षा शुल्कका विषयमा प्रति १ मिनेटको १२० रुपैयाँ र प्रतिक्षा गर्ने अधिकतम समय तीस मिनेट कायम गरिएको छ ।
साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुने भएको छ ।


प्रतिक्रिया