एजेन्सी - पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् ।
यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें । र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुन सक्छ ।
के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ रु“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको र्यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गरे ।
ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाएका छन् । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याए ।
प्रतिक्रिया