काठमाडौं - गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १४ गतेदेखि बिक्रीमा ल्याएको ९३ हजार ४८९ कित्ता संस्थापक शेयर आवेदन दिने आज अन्तिम दिन हो ।
इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी तथा संघर संस्थाहरुले सोमवार कार्यालय समयसम्म लिलामी शेयरमा आवेदन सक्नेछन् ।आवेदकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया