काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमा सफलता पूर्वक सम्पन्न भएको हो ।
सभालाई स्वागत तथा कार्यक्रमवारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले गरेका थिए । उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तीन जनाको उम्मेदवारी रहेको थियो । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन भएका हुन् ।
नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए । साधारण सभामा प्रस्तुत भएका बाँकी सम्पुर्ण प्रस्तावहरु सर्व सम्मत पारित भएका छन् ।
सभाबाट संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने रकम ४२ करोड ५८ लाख ८० हजार बोनश शेयर तथा ३.६८ प्रतिशतले हुन आउने रकम २ करोड २४ लाख १४ हजार ७३६.८४ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया