सार्थक हस्तक्षेप नहुने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : एमाले

३ बर्ष अगाडि

काठमाडौं - संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकको अर्थतन्त्र धान्न र सम्हाल्नै नसक्ने अवस्थातर्फ उन्मुख भएको विश्लेषण सार्वजनिक गरेको छ । 

मुलुकको अर्थतन्त्रका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आज ललितपुरको होटेल हिमालयमा एक पत्रकार सम्मेलन आयोजना गरी एमालेले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सार्थक हस्तक्षेप नहुने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

 ‘विभागीय मन्त्री र प्रधानमन्त्रीले दाबी गरेरमात्रै संकटोन्मुख अर्थतन्त्रबाट बाहिर निस्किन सकिन्न’, पौडेलले भने, ‘सरकारले समयमै प्रभावकारी हस्तक्षेप गर्न आवश्यक छ । श्रीलंका बन्नबाट जोगाउने फगत दाबीमात्रै होइन नीति नै त्यस्तो बनाउनुपर्यो ।’

एमालेले सरकार छाड्दा स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेको दाबी गर्दै पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले ९ महिनाको अवधिमै अर्थतन्त्र डामाडोल बनाएको आरोप पनि लगाए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया