आइएमई पे ग्राहकलाईदराजमा अनलाइन सामान खरिद गर्दा छुट, कति ?

३ बर्ष अगाडि

काठमाडौं - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षका अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । 

आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । 

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ गतेदेखि २०७९ वैशाख ७ गतेसम्मका लागि आईएमई पेमार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १०५ छुट, १ हजार अधिकतम र अभियान सुरु भएको पहिलो आधा घन्ट पछि दैनिक रस आवर आधा–घन्टामा १० प्रतिशत छुट अधिकतम रु. ७५० सम्म हुने व्यवस्था मिलाइएकोे छ ।

रस आवरको समय बिहान ८ बजेदेखि ८ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म हुनेछ। यसका साथै दराजको रु १ को गेममा पनि सहभागी भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme)  जस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया